देश

काठमाडौं । पत्रकार दिपा दाहालको पुस्तक ‘कोभिड नसोचेको—नभोगेको संकट’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
गायक एवं साहित्यकार गणेश रसिक, डा. सन्दुक रुइत र राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले पुस्तक सार्वजनिक गरेका थिए ।
पुस्तकमा दाहालले रिपोर्टिङका क्रममा देखेको, महामारीका बेला पनि राज्य र सर्वसाधारणले पालना गर्न नसकेको सावधानीलगायत विषय समेटेकी छन् ।
फाइन प्रिन्ट प्रालिले बजार प्रवर्द्धन गरेको पुस्तकलाई बारबारा पिस फाउन्डेसनले प्रकाशित गरेको हो ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० १८:५१
प्रतिक्रिया दिनुहोस्