site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
औद्योगिक ग्रामका लागि सरकारले जग्गा खरिद गरिदिनुपर्छ : सांसद सेजुवाल 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाकी सांसद कान्तिका सेजुवालले स्थानीय तहहरूमा औद्योगिक ग्राम स्थापना गर्नका लागि सरकारले आवश्यक जग्गा खरिद गर्ने व्यवस्था गरिदिनु पर्ने बताएकी छन् । बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उनले यस्तो बताएकी हुन् । 

सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको भए पनि स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउन नसक्दा उक्त अवधारणा फेल हुने स्थितिमा पुगेको उनले बताइन् । 

“स्थानीय उत्पादनको भण्डारण गर्न औद्योगिक ग्राम स्थापना गर्नु ठीक हो । तर, त्यसलाई चाहिने जग्गा उपलब्ध गराउन नसक्दा यो अवधारणा फेल हुने तहमा पुगेको छ,” उनले भनिन्, “कार्यविधि संशोधन गरेर सरकारले जग्गा किन्ने वतावरण मिलाउनुपर्छ ।”
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्