site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
१३ वर्षीय किशोरले पूरै खेलेर ‘क्र्यास’ पारे पजल भिडियो गेम ‘टेट्रिस’

काठमाडौं । अमेरिकाको ओक्लाहोमाका एक किशोर पजल भिडियो गेम ‘टेट्रिस’लाई हराउने पहिलो व्यक्ति बनेका छन् ।

विलिस गिब्सन नाम गरेका १३ वर्षीय किशोर टेट्रिसको १५७औँ लेभल (तह)मा पुगेको र त्यसपछि प्रोग्रामिङका कारण गेम ‘क्र्यास’  भएको सीएनएनले उल्लेख गरेको छ ।

ती किशोरले मंगलबार ‘ब्लू स्कुटी’ नामक युट्युब च्यानलमा अपलोड गरेको गेमको उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।

“म बेहोस हुन आँटे, औंलाहरू महसुस हुन छोडेको छ,” १५७औँ लेभलमा पुग्दा किशोरले भनेका छन् ।

गिब्सनले टेट्रिस ‘खेल्न सुरु गर्दा गेम नै क्र्यास गर्ने वा गेमलाई नै हराउन सक्छु भनेर नसोचे’को भिडियोको डिस्क्रिप्सनमा लेखेका छन् ।

Global Ime bank

विश्व चर्चित यो गेमलाई सन् १९८४ मा सोभियत इन्जिनियर एलेक्सी पाजितोनोभले बनाएका थिए ।

हालसम्म विभिन्न ७० सिस्टममा टेट्रिसका २०० भन्दाबढी आधिकारिक संस्करण उपलब्ध छन् ।

भिडियो गेम कम्पनी इलेक्ट्रिोनिक आर्ट्सले सन् २००६ मा सार्वजनिक गरेको टेट्रिस गेमको मोबाइल संस्करण १० करोडभन्दा बढी पटक बिक्री भएको छ । जुन सबैभन्दा बढी बिक्री भएका गेममध्ये तेस्रो नम्बरमा पर्छ ।

गेम निर्माता एलेक्सी पाजितोनोभ आफैँले समेत यो खेलको लत लागेको र प्रोटोटाइप संस्करण नै निकै धेरै खेलेको बताएका छन् । गेममा विभिन्न आकारका ब्लकहरू मिलाउँदै जानुपर्छ । जति लेभल बढ्दै गयो त्यति नै छिटो खस्ने हुन्छ ।

गेमको २९औँ लेभल नै पार गर्न समेत निकै धेरै गेमरलाई कठिन हुन्छ । यस्तोमा यी किशोरले गेम नै क्र्यास गरेको बताइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu