site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमा कोपा इटालियाको क्वार्टरफाइनलमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्रेमोनेसविरुद्ध २–१ को जित निकाल्दै रोमा कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको खेलमा रोमालाई जित दिलाउन रोमेलु लुकाकु र पाउलो डिबालाले गोल गरे । क्रेमोनेसका फ्रांक साजोउटले गोल गरेका थिए । 

खेलमा सुरुआती अग्रता भने क्रेमोनेसले बनाएको थियो । ३७औँ मिनेटमा साजोउटले गोल गर्दै क्रेमोनेसलाई अग्रतामा राखेका थिए । ७७औँ मिनेटमा लुकाकुले गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए ।

खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै डेबालाले रोमालाई २–१ को अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा रोमाले अन्तिम–८ को यात्रा तय गरेको हो ।

रोमाले अब सेमिफाइनल प्रवेशका निम्ति लाजियोसँग खेल्नेछ । लाजियोले यसअघि जेनोएविरुद्ध १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro