site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार बिहान उनी काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलमा उनको स्वागतका निम्ति परराष्ट्रमन्त्री एनपी साउद समेत पुगेका थिए । संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ ।

बिहीबार बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुनेछ ।

Dabur Nepal
NIC Asia

qwef-1704342432.jpg
 

राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।

दिउँसो १ बजे उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।

np-saud-s-jayashankhar1-1704342407.jpg
 

आजै दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुई सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।

दिउँसो २ बजे जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro