site stats
बाह्रखरी :: Baahrakhari
कला
यस्तो देखियो ‘चित्रा’को ट्रेलर 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक करिब तीन मिनेट लामो ट्रेलरमा एक्सन र पारिवारिक कथाको मिश्रण देखिन्छ । 

जिम्मेवारी, आकर्षण, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्कालगायत कलाकार मुख्य भूमिकामा रहेको यही चलचित्रबाट सन्तोष अधिकारी डेब्यु गर्दै छन् । 

घनश्याम लामिछाने निर्देशित चलचित्रले बाबुछोरीको कथा भन्छ । 

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।

चलचित्र पुस २७ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्