site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्तो छ भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउँदै छन् ।

संयुक्त आयोगको बैठक बिहीबार नै सुरु हुने छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी विशेष विमानमार्फत काठमाडौं आउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन् ।

Dabur Nepal
NIC Asia

बिहीबार बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ ।

राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्ने छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा हुने छ ।

बिहीबार दिउँसो १ बजे उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व जयशंकरले गर्ने छन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्ने छन् ।

बिहीबार दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने छ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुने छ । 

बिहीबार दिउँसो २ बजे भारतीय विदेशमन्त्री जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने छन् । सोहीदिन साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार बिहान साढे ९ बजे भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र अन्य भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro