site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भियारियालविरुद्ध भ्यालेन्सियाको जित 

काठमाडौं । स्पेनिस ला लिगामा भियारियालविरुद्ध भ्यालेन्सियाले ३–१ को जित निकालेको छ । 

मंगलबार राति घरेलु मैदान मेस्टाला रंगशालामा भएको खेलमा भ्यालेन्सियालाई जित दिलाउन पेपेलुले दुई गोल गर्दा रोमा यारेमचुकले एक गोल थपे । भियारियालका जेरार्ड मोरेनोले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा यारेमचुकले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे । 

५७औं मिनेटमा पेपेलुले दोस्रो गोल गरेपछि घरेलु टिमले अग्रतालाई ३–० मा पुर्याएको थियो । ७४औं मिनेटमा भियारियालका मोरेनोले गोल गर्दै अग्रतालाई ३–१ मा झारे पनि टिमको हार टार्न भने सकेनन् ।

जितसँगै १९ खेलबाट २६ अंक जोडेको भ्यालेन्सिया तालिकाको नवौं स्थानमा उक्लिएको छ । जारी सिजनमा भ्यालेन्सियाको यो सातौं जित हो । समान खेलबाट १९ अंक जोडेको भियारियाल तालिकाको १३औं स्थानमा छ ।

लिगमा मंगलबार राति नै भएको अर्को खेलमा रियाल सोसिडाड र डिर्पोटिभो आल्भेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro