site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहरमा जनसंख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्यांक विश्लेषण गरेको छ । यस विधिअनुसार जनसंख्या, जनघनत्व, बसोबास क्षेत्र र सहरी क्षेत्रको श्रेणीगत विशेषताको निरन्तरता जस्ता चार आधारमा वडाहरुलाई ग्रामीण तथा सहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।

ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार राष्ट्रिय जनगणना विसं २०६८ र विसं २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको छ । सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रको जनसंख्या भने ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको सो अध्ययनबाट देखिएको छ ।

Dabur Nepal
NIC Asia

“ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ । जबकी, प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत छ । सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत छ । स्थानीय तहअनुसार ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा दुई हजार ४१२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ । जबकी, सहरोन्मुख ६४ वडा क्षेत्रमा ३६.१ प्रतिशत र सहरी १३९ वडामा ५.९ प्रतिशत जनसंख्या छ ।

नगरपालिकाको २८.४ प्रतिशत अर्थात् ५९१ वडाको जनसंख्या सहरी क्षेत्रमा छ भने १२८ वडाहरू अर्थात् करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा छ । अझै पनि नगरपालिकाका २५.४ प्रतिशत अर्थात् एक हजार ४४४ वडाहरू ग्रामीण क्षेत्रमा रहेको देखिन्छ ।

उपमहानगरपालिकामा ३९ प्रतिशत जनसंख्या सहरोन्मुख र ५३ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ । महानगरपालिकाहरूमा १७ प्रतिशत सहरोन्मुख र दुई दशमलव तीन प्रतिशत ग्रामीण विशेषताको छ । बाँकी ८०.७ प्रतिशत सहरी क्षेत्र छ ।

यो तथ्यांकले नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख छन् र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै छ भन्ने देखाउँछ । प्रदेशगत हिसाबले विश्लेषण गर्दा संघीय संरचनामा सहरी र सहरोन्मुख जनसंख्या ६६.८ प्रतिशत छ । यस्तो जनसंख्या मधेस प्रदेशमा सबैभन्दा उच्च १९.९ प्रतिशत र वाग्मती प्रदेशमा १४.६ प्रतिशत छ । सहरी र सहरोन्मुख जनसंख्या हेर्दा सबैभन्दा कम १.२ प्रतिशत कर्णाली प्रदेशमा छ ।

तथ्यांकले सहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहमा रहेको देखाएको छ । मधेस प्रदेशमा बहुसङ्ख्यक अर्थात् ९७१ वडा सहरोन्मुख छन् । बढी सहरी क्षेत्र भएको दोस्रो ठुलो प्रदेश वाग्मती हो । जबकि, यहाँ पनि ग्रामीण वडाको संख्या ६७२ छ भने कुल सहरोन्मुख र सहरी वडा ४४९ वटा छन् । कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा सहरी र ६ वटा वडा सहरोन्मुख विशेषतायुक्त छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro