site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलका युवा रक्षक बेराल्डो पाँच वर्षको सम्झौतासहित पीएसजीमा 

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)ले ब्राजिलका युवा रक्षक लुकास बेराल्डोलाई भित्र्याएको छ । साओ पाउलोका २० वर्षीय बेराल्डोलाई पीएसजीले पाँचवर्षे लामो सम्झौतासहित अनुबन्ध गरेको हो ।

साओ पाउलोका नियमित सदस्य बेराल्डो कोपा डो ब्राजिलको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलको यू–२० राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

“म पीएसजीजस्तो महत्त्वकांक्षा बोकेका क्लबमा अनुबन्धित हुन पाउँदा निकै खुसी छु । यो मेरो करियरको महत्त्वपूर्ण कदम हो र यसले मलाई अझ अघि बढ्न सहयोग गर्नेछ,” सम्झौतापछि बेराल्डोले भने ।

फ्रेन्च लिग वानको शीर्षमा आसीन पीएसजी दोस्रो स्थानको नाइसभन्दा पाँच अंकले अगाडि छ । पीएसजीले बुधबार फ्रेन्च च्याम्पियन्स ट्रफीको फाइनलमा टोउलोसविरुद्ध खेल्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro