site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा क्यासब्याक दिने भएको छ ।

बैंकले १६ गतेदेखि माघ १७ गतेसम्मका लागि १७ प्रतिशतसम्म छुट तथा एकहजार रुपैयाँसम्म क्यास ब्याक दिने अफर सार्वजनिक गरेको हो ।

Argakhachi Cement Island Ad

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एकहजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

यस समय अवधिमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गरिने छ ।

यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागु हुने छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्