site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सौगात र विपीनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा रिलिज 

काठमाडौं । विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको चक्र पूरा गरेको चलचित्र ‘द रेड सुटकेस’अब नोपली दर्शकले पनि हेर्न पाउने भएका छन् । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी दिएको छ । 

फिडेल देवकोटाले निर्देशन गरेको चलचित्र सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको थियो । उक्त फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको चलचित्रले मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई समेटेको छ । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको थियो । 

Dabur Nepal
NIC Asia

निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट माया पाएको चलचित्रले घरेलु दर्शकको पनि माया पाउने विश्वास व्यक्त गरेका छन् ।

निर्देशक फिडेल देवकोटाले सुरुमा सिनेमा बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको र त्यो सपना पूरा भएको बताएका छन् । 

“अब यो कथा घर फर्किएको छ । चलचित्र समसामयिक समाजको ऐना पनि हो ।  यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ,” उनले भने । 

फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro