site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध सुन कुन वर्ष कति बरामद ?
फाइल तस्बिर ।

काठमाडौं । बितेको पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सरकारले करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

“अवैध सुनचाँदी बरामदतर्फको राजस्व संकलनतर्फ आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सुनतर्फ करिब ८२ प्रतिशत र चाँदीतर्फ ३० प्रतिशतले कमी आएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा बरामद गरिएको अवैध सुनबाट एक अर्ब ९२ करोड १९ लाख ९५ हजार ९७२ रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा १८५.०१ केजी अवैध सुन बरामद गरिएको थियो ।

नेपाल प्रहरीले आर्थिक वर्ष २०७५/७६ मा ६०.९१ केजी, २०७६/७७ मा ३४.३६, २०७७/७८ मा ३७.७२, २०७८/७९ मा ३१.३७ र २०७९/८० मा २०.६५ केजी अवैध सुन बरामद गरेको थियो ।

गृहको प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ मा अवैध रूपमा बरामद सुनबाट ३० करोड १७ लाख ५७ हजार ३२७ रुपैयाँ राजस्व संकलन गरिएको थियो । यो रकम आर्थिक वर्ष २०७६/७७ मा २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७७/७८ मा बरामद गरिएको अवैध सुनबाट सरकारले २७ करोड चार लाख २५ हजार २८१ रुपैयाँ राजस्व उठाएको थियो । आर्थिक वर्ष २०७८/७९ मा अवैध सुनबाट ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा बरामद गरिएको अवैध सुनबाट सरकारले १७ करोड २० लाख २२ हजार २४३ रुपैयाँ राजस्व उठाएको थियो ।

गृहको प्रतिवेदनानुसार, पछिल्लो पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सबैभन्दा बढी राजस्व आर्थिक वर्ष २०७८/७९ मा र सबैभन्दा कम २०७९/८० मा संकलन गरिएको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) प्रहरीले ९३.६ केजी अवैध सुन बरामद गरिसकेको छ । सुनको परिमाणले चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बढी राजस्व संकलन हुने देखिन्छ ।

अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा बितेको पाँच आर्थिक वर्षमा ३७७ व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अवैध सुनसहित ९४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro