site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबै उद्योगीको लाइन जोडेर समस्याको समाधान खोज्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको बत्ती जोडेर डेडिकेटेड र ट्रंक लाइनको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।  

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रमाण दिए उद्योगीहरूले सबै पैसा तिर्ने बताए । 

“प्राधिकरणको प्रबन्ध निर्देशकले जे बोल्यो त्यही कानुन हो भन्ने तरिकाले केही दिनअघि बोल्नु भएको छ । निवेदन नै नदिए पनि १५ घण्टा विद्युत् प्रयोग गरेको छ भने महसुल तिर्नुपर्छ भनिएको छ,” उनले भने, “समस्या छ, यसलाई समाधान खोज्नुपर्छ । तर, लाइन जोडेर मात्र उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ ।”
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्