site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गैरआवासीय नेपाली संघद्वारा बालकुमारी घटनाप्रति दुःख व्यक्त 

काठमाडौं । गैरआवासीय नेपाली संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा दुई युवकको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

“वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको छ,” संघले विज्ञप्तिमा भनेको छ । 

नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौँको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको संघले जनाएको छ । 

यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार संवेदनशील हुन जरुरी रहेको समेत संघले बताएको छ । 

नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro