देश
काठमाडौं । प्रहरीले बालकुमारी घटनामा एकजना गोली लागेर र अर्का भागदौडको क्रममा घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
ललितपुर प्रहरी परिसरका अनुसार अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय विरेन्द्र शाह गोली लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा पाटन अस्पताल मृत्यु भएको हो ।
अर्का दैलेखको महाबु गाउँपालिका–६ २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको इमाडोलस्थित किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० २१:५१
प्रतिक्रिया दिनुहोस्