site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकुमारी घटनाबारे रवि लामिछानेले भने– यो राज्यले गरेको हत्या हो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आज बालकुमारीमा दुई युवाले ज्यान गुमाएको घटनालाई 'राज्यले गरेको हत्या'का रूपमा व्याख्या गरेका छन् ।

"दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्," उनले फेसबुकबाट भनेका छन् ।

लामिछानेले आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने पनि बताएका छन् । "घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला," उनले भनेका छन् ।

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा आफू मर्माहत भएको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro