site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा 'डम्पिङ साइड' नबनोस्, गुट नाता र दाताको नाममा उमेदवार छनोट गरिनुुहुन्न : खतिवडा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले राष्ट्रियसभा उमेदवार छनोटको मापदण्ड स्पष्ट हुनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा गुट, नाता र दातालाई प्राथमिकता दिएर उमेदवार बनाउन नहुने धारणा राखेका छन् । 

“कांग्रेसले बुद्धिजीवी, अवसर नपाएका र निरन्तर संगठनका लागि काम गरेकाहरूलाई टिकट दियो भन्ने सन्देश दिनुपर्छ,” बैठकमा खतिवडाले भनेका छन् । 

एक अवसर एक कार्यकालमा खतिवडाले जोड दिए । उनले एकै व्यक्तिलाई कति ठाउँको टिकट दिनुपर्ने हो भन्दै प्रश्न बैठकमा थपे । 

“समानुपातिक पनि बसेको छ, टिकट लिन पनि लागेको छ चुनाव हारेको छ अनि अन्तिममा राष्ट्रियसभा पनि चाहिएको छ । कति अवसर दिने ?,” खतिवडाले प्रश्न गरे । 

संविधान विपरीत काम भइरहेको भन्दै उनले राष्ट्रियसभालाई डम्पिङ सभा बनाउन नहुनेमा जोड दिए । फरक प्रसंगमा उनले पार्टीले देशभर सम्मेलन गरेर राम्रो सन्देश दिइरहे पनि वरीयता विवाद किन भन्दै प्रश्न गरे । साथै सभापतिले वरीयता विवाद समाधान गरेर जनतालाई पार्टी एक भएको सन्देश दिनुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro