site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देवेन्द्रराज कँडेलको प्रश्न : हारेकाहरू नै राष्ट्रियसभामा आउने भए म किन नआउने ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले राष्ट्रियसभामा ल्याउने उमेदवारको विषयमा खुला र सबैका लागि लागु हुने मापदण्ड बनाउन माग गरेका छन् । 

बिहीबार केन्द्रीय समिति बैठकमा नेता कँडेलले चुनाव हारेकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउने वा नबनाउने भन्ने विषयमा पार्टीले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । 

“यदि हारेकाहरू नै राष्ट्रियसभामा आउने हो भने म किन नआउने ?,” प्रश्न गर्दै कँडेलले भने, “पार्टीका नाममा गलत व्यक्तिको संरक्षण नगरियोस् । दण्ड र पुरस्कारको व्यवस्था पार्टीमा लागु होस् ।”
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्