राजनीति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले ३० हजार दरबन्दी खुलाउने प्रयास गरिरहेको बताएका छन् । बिहीबार कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्री बस्नेतले अहिले स्वास्थ्यमा ९२ हजार जनशक्ति आवश्यक रहेको समेत जानकारी दिए ।
"आठसय चिकित्सकको काज फिर्ता गर्ने कुरा भएको छ । स्वास्थ्यमा दरबन्दी पूरा भएको छैन । अहिले ९२ हजार दरबन्दी चाहिने हो, ३० हजार दरबन्दी खुलाउने प्रयास भइरहेको छ । स्वास्थ्य बिमा कार्यान्वयनका लागि काम गरेको छु," स्वास्थ्यमन्त्री बस्नेतको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्