site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात माग गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसदीय समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात माग गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र यकिन गरी कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएको छ । 

गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलव्ध गराउन पनि निर्देशन दिएको उनले बताए ।

बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरूले कार्यकारी निर्देशक नियुक्तिका विषयमा प्रश्न उठाउँदै समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro