राजनीति
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
कुन प्रदेशमा को बने निर्वाचन अधिकृत ?
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्