राजनीति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने जानकारी दिए ।
“प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने भयो,” उनले भने ।
कांग्रेसले दुई वटा केन्द्रीय समिति बैठक आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेर आफूलाई पारदर्शी देखाउन खोजेको थियो ।
गएको साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो । बैठक लाइभ गरेर वाहवाही कमाएको पार्टीले पुनः प्राविधिक कारण देखाएर बैठक लाइभ नगर्ने तयारी गरेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्