site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्यटन : त्यो सन्नाटा यो चकाचक !  

नेपालको पर्यटन इतिहासमा सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । स्मरणीय छ, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा त १ लाख ३१ हजार विदेशी पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । तर सन् २०२२ मा छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । वास्तवमा यति ठूलो संख्याको नेपाली पर्यटन व्यवसायीले अपेक्षा नै गरेका थिएनन् । 

जेहोस्, हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १० लाखको हाराहारीमा पुग्ने लक्ष्य लिएका छौँ । तर, हालसम्मको अवस्था हेर्दा १० लाख अलिक नपुग्ने देखियो । पछिल्लोपटक ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या हेर्दा २०२३ मा नौ लाख ५० हजार भने कट्ने देखिन्छ । 

सन् २०२३ को ११ महिनामा नेपालमा ९ लाख १८ हजार ३०८ जना विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । त्यस्तै विगतका तथ्यांक हेर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अरू बेलाभन्दा केही बढी नै संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो भए पनि सन् २०२३ को बाँकी १ महिनामा बढीमा ६०–६२ देखि ६५–६६ हजारसम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान् कि भनी अनुमान गर्न सकिन्छ । किनभने विगतदेखिकै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या हेर्दा डिसेम्बर महिनामा अन्य महिनामा भन्दा ३३–३५ प्रतिशतदेखि ३७–३९ प्रतिशतसम्म कम संख्यामा आउने गरेका छन् । त्यसैले गर्दा यो वर्ष सन् २०२३ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अपेक्षाअनुसार १० लाख पुग्ने वा १० लाख नाघ्ने संभावना धेरै कम रहेको छ ।  

सर्वप्रथम बेलायतका थोमस कुकले सन् १८४१ मा संगठितरूपमा आफ्नै देशका पाँचसय जनालाई रेलमार्फत् बेलायतकै लेईस्टरदेखि लोउफबोरोसम्म भ्रमण गराएका थिए । त्यसैले उनलाई पर्यटनका सुरुआतकर्ता मान्ने गरिन्छ । त्यस यता अर्बौं मानिसले आन्तरिक तथा वाह्य पर्यटक भएर विश्वका विभिन्न देश घुमिसकेका छन् । कुकले पहिलो पटक आफ्नै देशका पर्यटकलाई रेलबाट यात्रा गराएको मिति सन् १८४१ लाई मान्दा हाल लगभग १ सय ८१/८२) वर्ष पुग्छ ।  

Global Ime bank

नेपालमा पनि सन् १९४९/१९५० देखि नै विदेशीलाई पर्यटकको रूपमा घुम्न दिन थालिएको मान्ने हो भने पर्यटनको इतिहास लगभग ७० वर्ष भएको मान्नुपर्ने हुन्छ । तर, १९९० को प्रजातान्त्रिक परिवर्तनपछि मात्रै नेपालको  पर्यटनले केही बढी महत्त्व पाएको हो । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकण र खुल्ला अर्थ व्यवस्थाको नीति अपनाएको थियो । तापनि तत्कालीन सरकारबाट नेपालको पर्यटन उद्योग व्यवसायका लागि खासै गर्व गर्न लायक काम भने भएनन् । पर्यटन क्षेत्रमा तत्कालीन सरकारले गरेको राम्रो र सम्झनलायक काम नेपाल पर्यटन बोर्डको गठन थियो । 

जे होस्, सन् २०१९ को अन्त्यमा फैलन सुरु भएको कोरोना महामारीसँगै विश्वमा पर्यटक आगमन ह्वात्तै घट्यो । फलतः सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको संख्या २ लाख मान्दा २०१९को भन्दा धेरै घटेको देखियो । अर्थात् सन् २०२० मा सन् २०१९ मा भन्दा पर्यटकको आगमन ८२ प्रतिशतले कम भयो । प्रतिदिन बसा अवधि भने बढेर  १५.१ दिन पुगेको थियो । त्यस्तै सो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने प्रतिव्यक्ति प्रतिदिन खर्च पनि बढेको थियो । 

सन् २०२१ मा भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या भने १ लाख ४५/५० हजार पनि पुगेन । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६, सन् २०१७, सन् २०१८ र सन् २०१९ मा लगातार बढिरहेको थियो । जस्तो सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
 
नेपाल भ्रमणमा आएका पर्यटकले नेपालमा रहँदा/बस्दा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा २०१८ मा घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर खर्च गरेका थिए । 

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिव्यक्ति बसाइ अवधि र प्रतिव्यक्ति खर्च गराइ यो वर्ष पनि घट्ने नै देखिन्छ । सन् २०२० मा धेरै जसो पर्यटक पहिलोपटक नेपाल रहेकै अवस्थामा बन्दाबन्दी (लकडाउन) मा परेका थिए भने कतिपय पर्यटक कोरोना महामारीबाट बच्न आफ्नो देशभन्दा नेपाल नै सुरक्षित ठानेर नेपालमै भिसा अवधि थपेर बसेका थिए । यही कारणले प्रतिव्यक्ति प्रतिदिन खर्च बढेको देखिएको हो ।    

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !