site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
त्रिवि सुधारको माग गर्दै प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बुधबार प्रदर्शन भएको छ । त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आह्वानमा बुधबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्नेसहितका माग राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकर्मण्यताका कारण हजारौँ विद्यार्थीको भविष्य अन्यौल बनेको बताए । उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिँदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तिमा ढिलाइ भएको आरोप लगाए ।

विद्यार्थीहरूले त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने भन्दै काम गर्न नसक्ने पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय