site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालिन्छ, तुरुन्त रोकौँ : प्रदीप यादव

काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल डिटेलको दुरुपयोग हुने बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले गोपनीयता भंग नगरी कानुन बनाएर जानुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत भएको टिप्पणी गरे ।

Dabur Nepal
NIC Asia

बैठकमा बोल्दै उनले भने, “प्राधिकरण कानुन नबनाइ किन अघि बढ्यो ? अदालतले आदेश लिएर मात्र कल डिटेल निकाल भन्छ । सचिवबाट जवाफ चाहान्छु, अहिले कल डिटेल निस्कन्छ कि निस्कदैन ?”

उनले अगाडि थपे, “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गर्छन् । उपसमिति बनाएर अध्ययन गरेर अघि बढौँ । कानुन बनाएर अघि नबढेसम्म यो लागु नगरौँ । तुरुन्त रोकौँ ।”

उनले दूरसञ्चार प्राधिकरण कुनै खुफिया एजेन्सी नभएको र लेखा समितिलाई अरुले पंगु बनाउने काम गरिरहेको उनको टिप्पणी छ । 

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro