काठमाडौं । ओस्कार अवार्ड विजेता दक्षिण एसियाली चलचित्र ‘प्यारासाइट’का अभिनेता ली सुन–क्युन मृत फेला परेका छन् । सियोलको मध्य भागमा रहेको एउटा पार्कमा ४८ वर्षीय अभिनेता बुधबार अचेत अवस्थामा फेला परेको बताइएको छ ।
ली आफैँले आफ्नो ज्यान लिएको हो वा होइन भन्ने स्पष्ट छैन । तर, उनले घरमा एउटा नोट लेखर गएको रिपोर्ट प्रहरीले पाएको त्यहाँको समाचार एजेन्सी योनहापले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
गत अक्टोबरयता उनीमाथि लागुऔषध सेवन गरेको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ ।
सन् २०१० देखि देशव्यापी चर्चामा आएका लीले दर्जनौं चलचित्र र टिभी कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका छन् ।
उनी अभिनित प्यारासाइट चलचित्रले सन् २०२० मा ओस्कारमा चारवटा अवार्ड जितेको थियो ।