site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उत्कृष्ट चिठ्ठी लेख्ने तीनजनालाई मोबाइल पुरस्कार

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’ आयोजना गरेको छ । निर्माण टिमले आफ्ना बुबा वा छोराछोरीलाई चिठ्ठी लेखेर त्यसलाई पढेर भिडियो बनाउन आग्रह गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । 

प्रतियोगिताका विजेताले आर्कषक मोबाइल फोन जित्ने निर्माणपक्षले जनाएको छ । जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गराइनेछ । 

Dabur Nepal
NIC Asia

हरेक प्रतियोगीले चिठ्ठी प्रतियोगिताको भिडियोमा अनिवार्य रूपमा सिनेमाको नाम र प्रदर्शन मिति राख्नुपर्नेछ । 

यो प्रतियोगितमा प्रथम हुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार स्वरुप जित्नेछन् । 

नवीन सुब्बाको निर्देशनमा निर्माण भएको ‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने एक परिवारको जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तन र संघर्षको कथा भन्नेछ । 

एक परिवारले पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको निर्माणपक्षले बताएको छ । 

जेठ २५ गते रिलिज हुने ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro