site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तराज आचार्यको जीवनकथामा बनेको चलचित्र ‘आचार्य’ पुनः रिलिज हुँदै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आचार्य’ पुनः प्रदर्शनमा आउने भएको छ । गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा आधारित बायोपिक मुभी ‘भक्तराज’ असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको गायक तथा संगीतकार सत्यराज आचार्यले जानकारी दिए ।  

१३ वर्ष अगाडि रिलिज भएको चलचित्र नयाँ पुस्तालाई पुनः देखाउने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमा भक्तराजका छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । 

सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । यो सिनेमाले १३ वर्ष अगाडि राम्रो समीक्षा पाएको थियो । 

चलचित्रको प्रदर्शनबारे निर्माणपक्षले शनिबार औपचारिक जानकारी दिँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro