site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भने– चैत्रभित्र दुग्ध किसानको वक्यौता रकम भुक्तानी हुन्छ  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले ‘प्रचण्ड’ले चालु आर्थिक वर्ष २०८०/०८१ को चैत्र महिनाभित्र दुग्ध किसानहरूको वक्यौता रकम भुक्तानी हुने बताएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताए । उनले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकका रुपमाअघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

“कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याई कृषि क्षेत्रमा उपलब्ध गराईएका अनुदानहरुलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा वितरण गर्न सुरु गरिँदैछ,” उनले भने, “प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ । दुग्ध किसानहरुको बाँकी वक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन ।”

कृषिमा अब परम्परागत ढंगले सोचेर नपुग्ने उनले बताए । खाद्यन्न प्रणाली तथा कृषि क्षेत्रको रुपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro