site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजनीतिकरणकै मार खेप्दै गंगालाल अस्पताल पनि

काठमाडौं । गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्डियाक सर्जन डा. रामेश कोइरालाले शुक्रबार राति आफ्नो ट्वीटरमा लेखे “...सरी गंगालाल र धन्यवाद भाउजू... ।” 

आफू सरकारी सेवाबाट राजीनामा दिने स्थितिमा पुगेको ट्वीटको आशय छ ।

उनले लेखेका छन्, “देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवत्को हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !” 

Dabur Nepal
NIC Asia

डा. रामेशको यो ट्वीट गंगालाल अस्पतालभित्रको पछिल्लो घटनाक्रम र निर्देशक नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपको प्रतिक्रिया हो भनेर बुझ्न गाह्रो हुँदैन । 

निर्देशक नियुक्तिमा राजनीतिक हस्तक्षेप 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशक पद शुक्रबारबाट खाली भएको हो । यसअघिका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको चार वर्षे कार्यकाल पुस ७ गतेबाट सकिएको थियो ।

नयाँ निर्देशक सिफारिसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल सुरु गरेको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, निर्देशकमा दुई राजनीतिक दलले आ–आफ्नै तर्फबाट उमेदवारको नाम अघि सारेका छन् । 

सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्टद्वय डा. अरुण मास्के र डा. रवि मल्ल । ती अधिकारीका अनुसार डा. मल्ललाई निर्देशक सिफारिस गर्न मन्त्रीलाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको दबाब छ ।

ती अधिकारीका अनुसार, हाल गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिमा सदस्य समेत रहेका डा. मल्लले भने उमेर हदका कारण निर्देशकको जिम्मेवारी लिन मानिरहका छैनन् ।  उता, डा. मास्केलाई निर्देशक सिफारिस गर्न माओवादीका तर्फबाट दबाब छ । यसअघि डा. मास्के २०६६ वैशाख १४ देखि २०६८ वैशाख १३ सम्म दुई वर्षका लागि कार्यकारी निर्देशक थिए ।

चार वर्षका लागि नियुक्त भएका डा. मास्केले अस्पतालभित्रको किचलोको कारण देखाउँदै दुई वर्षमा नै राजीनामा दिएको अस्पतालका कर्मचारी बताउँछन् । 

नयाँ निर्देशक सिफारिसका लागि स्वास्थ्यसचिव र अतिरिक्त सचिवसहित मन्त्री मोहनबहादुर बस्नेत शुक्रबारदेखि छलफलमा जुटेका छन् । तर मन्त्रीले सिफारिस गर्न चाहेका व्यक्ति आफैँ निर्देशकको जिम्मेवारी लिन तयार नभएपछि यो विषय टुंगो लागेको छैन । 

मन्त्रीसँग लामो छलफलमा बसेका अस्पताल सञ्चालक समिति सदस्य समेत रहेका स्वास्थ्यसचिव डा. रोशन पोखरेल आफू पोखरामा रहेका कारण निर्देशक सिफारिसबारे टुंगो लागे या नलागेको जानकारी नभएको बताउँछन् ।  

उमेरहदको छुट्टै बहस 

गंगालाल राष्ट्रिय हृदय केन्द्रको कर्मचारीहरुको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ संशोधनसहितको नियम १०.१ को उपनियम ३ ले कर्मचारीको उमेर हदबारे बोलेको छ । सो नियम अनुसार, केन्द्रका कर्मचारीको सेवा अवधि ६० वर्ष तोकिएको छ । 

तर, तत्कालीन स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा २०७९ साउन २१ बसेको अस्पताल सञ्चालक समिति बैठकले उक्त नियम संशोधन गर्ने निर्णय गरेको थियो । 

जसमा सेवामा बहाल रहेका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुका लागि ६० वर्ष तथा  प्राविधिक विशेषज्ञ चिकित्सकहरुका लागि ६३ वर्ष पुगेपछि सेवाबाट अनिवार्य अवकास दिइनेछ भन्ने नियम राख्ने निर्णय गरेको थियो । उक्त निर्णय त्यही दिनबाट लागू हुने निर्णयमा उल्लेख छ । 

हाल निर्देशकको चर्चामा आएका दुवै विशेषज्ञहरु उमेरले ६० वर्ष कटिसकेका छन् ।

डा. मास्केलाई यसअघिका निर्देशक डा.चन्द्रमणि अधिकारीले उमेर हदको नियम देखाउँदै २०८० असोज १६ मा अनिवार्य अवकास पत्र थमाएका थिए । तर सञ्चालक समितिले गरेको ६३ वर्षे उमेर हदको निर्णयविपरीत आफूलाई अवकासपत्र थमाइएको भन्दै डा. मास्के कानुनी उपचारका लागि सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले डा. मास्के प्राविधिक विशेषज्ञ भएकाले ६३ वर्षे उमेर हद लागू हुने भन्दै अन्तरिम आदेशमार्फत् उनलाई कामकाजमा फर्किने बाटो खुला गरिदिएको थियो । तर, उक्त मुद्दाको अन्तिम फैसला आइसकेको छैन । 

गंगालाल राष्ट्रिय हृद्य केन्द्र ऐन २०५७ को दफा ११ मा केन्द्रको प्रशासकीय प्रमुखको रुपमा दैनिक प्रशासन सञ्चालन गर्न हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro