site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।

सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन् ।

KFC Island Ad
NIC Asia

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन् ।

रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए ।

Royal Enfield Island Ad

उनले भनेका थिए, “पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू ।”

तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो । खोया फालिसकेपछि सन्तोषमाथि रास्वपाकै कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिटसमेत गरेका थिए ।

उजुरी नपरे पनि घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न लागेको हो ।

रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै पोखरा घटनाबारे प्रतिक्रिया जनाएको छ । प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उद्धृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।”

तर, केही मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro