site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘लोकतान्त्रिक गणतन्त्रप्रति कसैले औँलो ठड्याउँछ भने त्यो तल झार्छौं’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रप्रति औँला उठाउन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् । आइतबार झुलाघाट– चिवाभञ्ज्याङ संकल्पयात्राबारे च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी देश र जनताप्रति समर्पित रहेको बताए । 

“लोकतान्त्रिक गणतन्त्रप्रति कसैले औँलो ठड्याउँछ भने त्यो औँलो तल झार्छौं भनेर मैले धेरै अघि काठमाडौंमै पनि भनेको थिएँ,” ओलीले भने, “त्यो कुरा यसपटक संकल्प यात्राका क्रममा पनि बोलेको छु । एमालेले बोलेको छ ।” 

Dabur Nepal
NIC Asia

उनले सुशासन र विकासको बाटोमा अघि बढ्ने कुरामा दृढ रहेको बताए । “हामी लोकतान्त्रिक प्रणाली, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, सुशासन, विकासको बाटोमा अघि बढ्ने कुरामा दृढ छौँ,” ओलीले भने । 

एमाले संमृद्ध नेपाल सुखी नेपाली बनाउने कुरामा संकल्पित भएको उनको भनाइ छ । त्यस्तै, ओलीले संघीयतालाई सफल बनाउने कोसिस गर्नुपर्ने बताए । संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ छ । 

प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न उठाउने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रदेशको नाम र अधिकार लगायतका विषय प्रश्न उठाएर झमेला गर्न खोजिएको उनको भनाइ छ । 

“संघीयतालाई लिएर दुईवटा अतिमा दौडिनुहुन्न । खारेज भइहाल्नुपर्‍यो भन्ने अतिमा पनि दौडिनुहुन्न र अर्कोतिर संघमा भएका अधिकार तथा संरचना प्रदेशमा पठाउनुपर्छ भनेर सम्हाल्नै नसक्ने खालको स्थिति पनि हुनुहुन्न,” ओलीको भनाइ थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro