site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्र आएपछि विकासले गति लिएको सञ्चारमन्त्रीको दाबी

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र आर्थिक समृद्धिको प्रयास नै सरकारको प्राथमिकतामा भएको बताएकी छन् । उनले शासन प्रणालीको विषयमा उठेका सवालबारे नकारात्मक धारणा भन्दा पनि सकारात्मक हुनुपर्ने बताइन् ।

विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले गणतन्त्र आएपछि विकासले गति लिएको दाबी गरिन् ।

Dabur Nepal
NIC Asia

"यो व्यवस्थामा जे गर्दा पनि छुट हुन्छ भन्ने धारणा गलत हो । यही व्यवस्थामा जनाधिकार रक्षा हुन्छ । गणतन्त्र जनताको व्यवस्था हो," उनले भनिन् ।

सुशासनका सवालमा नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करीका घटना, मिटर ब्याजका समस्याजस्ता विषयको छानबिन गर्न सरकारले वातावरण बनाएको उनको भनाइ छ ।

ठूलालाई कानुन लाग्दैन वा छानबिन हुँदैन भन्ने बुझाइमा परिवर्तन ल्याउन सरकारले गरेका काम सहयोगी भएको बताइन् ।

सरकारको एक वर्ष पूरा गर्न लागेको भन्दै भएका काम, प्रगति र समस्या प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउने उनले बताइन् । "समस्या छैनन् भन्ने होइन तर राम्रा काम भइरहेका छन्," उनले भनिन् ।

उनले अब लक्ष्य र समय निर्धारण गरेकामा गर्दै सरकार गतिशील हुने बताइन् ।‌ सरकारले अझ सफल काम गर्ने र जन विश्वास कायम गर्ने दाबी गरिन् ।‌

मन्त्री शर्माले मध्यपहाडी लोकमार्गमा टेलिकमको अप्टिकल फाइबर बिछ्याउने कामबारे समेत आजै जानकारी लिएकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro