site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मीनबहादुर घले समूहले गरेका थिए १३८ किलो सुन तस्करी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घले समूहले १३८ किलो सुन तस्करी गरेको खुलेको छ ।  उनी यही मंसिर २१ गते पक्राउ परेका थिए ।

बरामद सुन तस्करी प्रकरणबारे छानबिन गर्न बनेको समितिले सो निष्कर्ष निकालेको हो । विभिन्न समयमा गरी उक्त समूहले सुन तस्करी गरेको खुलेको छ । 

भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले अहिलेसम्म मुख्य नाइके मीनबहादुर घले समूहले १३८ किलो सुन तस्करी गरेको बताए । 

सो तस्करी प्रकरणमा गोरखाका मीनबहादुरसँगै चन्द्रबहादुर घले, कृष्णकुमार श्रेष्ठ, नागरिक उड्ययन कार्यालयका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ पक्राउ परेका थिए ।

त्यस्तै, विमानस्थलका कर्मचारी रमेश देउला, अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले सुन तस्करी गर्न सहयोग गरेको समितिको निष्कर्ष छ ।

विमानस्थल पास भएपछि बानियाँटार बस्ने डीबी गुरुङको घर पुग्ने र त्यहाँबाट मीनबहादुर घलेसम्म पुग्ने समितिले जनाएको छ । सुन तस्करीबारे छानबिन गर्न भन्सार प्रमुख मणीराम पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति बनेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro