site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भन्छन् : छिमेकी बिरालो कालो होस् कि सेतो विकास गर्नुपर्छ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले निर्वाध रूपमा विकास गर्नु पाउनुपर्ने बताएका छन् । आइतबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकीको अवरोध हुन नहुने बताए । 

“हाम्रो विकास हामीले निर्वाध ढंगले गर्न पाउनुपर्छ । कालो बिरालोले होस् कि सेतो बिरालोले होस् विकास गर्नुपर्छ,” ओलीले भने । 

Dabur Nepal
NIC Asia

ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने पनि बताए । तर, प्राथमिकता र आवश्यकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ । 

“भारतले सहयोग गरोस् कि चीनले गरोस् । अमेरिकाले गरोस् कि राम्ररी नेपाललाई हित हुने, नेपालका प्राथमिकता, आवश्यकता,” उनले भने, “जसले बढी ऋण लिन्छ त्यो दिने । जसले बढी अनुदान दिन्छ त्यो लिने ।” 

ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर हेर्ननहुने बताए । “छिमेकीले चित्त दुखाउँ कि दुखाउँदैन भनेर पहिले नै डराउनुहुँदैन । सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो,” ओलीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro