site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवाहरू देशमा नबस्नु ठूलो चुनौती : ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन् । आइतबार झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए । 

“सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,” ओलीले भने, “युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।” 

Dabur Nepal
NIC Asia

उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए । “हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो । युवाहरू कमै देखिने,” उनले भने । 

उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पु¥याइए पनि बसाइँसराइ भइरहेको बताए । मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए । 

“बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अफ्ठ्यारोमा पर्ने देखिन्छ,” उनले भने ।

तथापि, मानिसहरू आशावादी रहेको उनले बताए । कृषिको आधुनिकरण र व्यवसायिकता कसरी गर्न सक्ने भन्ने छलफल गरिएको जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro