site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

काठमाडौं । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ)बाट नेपालका तीनजना प्रतिनिधिले रेफ्री लाइसेन्स पाएका छन् । 

वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी–२०२३ मा नेपालका तीनजनाले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका हुन् । 

Dabur Nepal
NIC Asia

आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलो पटक आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स पाए । 

आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सहभागी भएका थिए । अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सात देशका २४ जना सहभागी भएका थिए ।

मोटर स्पोर्ट्सका मार्सल समेत रहेका क्षितिज बुद्धिचाल (चेस)का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्य १९औँ एसियाली खेलकुद २०२३ मा ई–स्पोर्ट्सअन्तर्गत् ड्रिम थ्री किङडम २ को नेपाली टिमका खेलाडी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro