site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वार्थ समूह मेराविरुद्ध खनिए : अर्थमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले कांग्रेसभित्र वडादेखि केन्द्रसम्म छलफल र बहस गर्नुपर्ने बताए । त्यसको निष्कर्ष जनताका बीचमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने कांग्रेस नेता–कार्यकर्ताको समस्या भएको उनले सुनाए । आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपरे बैठकमै नआउने पार्टीका नेताको समस्या भएको उनले स्पष्ट पारे ।

“केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ,” उनले भने, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।”

पार्टीभित्र एकार्कालाई सहने, सम्मान गर्न सक्नुपर्नेमा उनले जोड दिए । “संसद्मा हाम्रो तीन गुणा बढी संख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौँ,” उनले भने, “संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकार्कालाई सहने, सम्मान गर्ने, एकार्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।”

आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको उनको भनाइ छ । “पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत म यहाँ आइपुगेको हुँ । मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन,” उनले भने, “इमानदार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छु र गर्छु ।”

उनले स्वार्थ समूहका निम्ति काम नगर्ने बताए । कतिपय स्वार्थ समूह आफूविरुद्ध लागिपरेको उनले उल्लेख गरे ।

“स्वार्थ समूहका लागि म काम गर्दिनँ, देश र जनताका लागि काम गर्छु । इमानदार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेराविरुद्ध खनिएका छन्,” उनले भने, “जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्‍यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro