site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वीरगन्ज युनाइटेडले प्लेअफमा पुग्ने अवसर गुमायो

काठमाडौं । वीरगन्ज युनाइटेडले शनिबार पुछारको टोली बुटवल लुम्बिनीसँग १–० ले हार व्यहोरेसँगै नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा जितले वीरगन्जले आफ्नो ‘डेब्यु’ सिजनमै प्लेअफ यात्रा तय गर्थ्यो । तर, वीरगन्ज ‘फिनिसिङ’मा चुक्यो र अन्तिम समयमा गोल व्यहोरेपछि साँघुरो हार व्यहोर्न बाध्य भयो ।

Dabur Nepal
NIC Asia

जितपछि बुटवल लुम्बिनी आठ खेलबाट १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज आठ खेलबाट आठ अंकसहित सातौँ स्थानमा यथावत् छ ।

खेलको पहिलो आक्रमण बुटवलले दशौँ मिनेटमा गरेको थियो । जिलेस्पीजंग कार्कीको प्रहार ‘डिफ्लेक्ट’ भएर बाहिरिएपछि बुटवल अग्रता लिन चुक्यो । एक मिनेटपछि नै वीरगन्जका ओबेदको बक्सबाहिरबाट प्रहार पोस्टको दिशामा हुन सकेन । १५औँ मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै रोके ।

लगत्तै वीरगन्जले पेनाल्टी अपिल गरे पनि रेफ्रीले अस्वीकार गरे । आन्द्रे बियिकले आफ्ना खेलाडी विलियम ओपोकुलाई लडाएको भन्दै वीरगन्जले पेनाल्टी अपिल गरेको थियो ।

२५औँ मिनेटमा सुशील लामाको कर्नर लुम्बिनीका गोलकिपर मोहमोडुले समात्न नसके पनि रेफ्रीले फउल दिएपछि खतरा टर्‍यो । ३०औँ मिनेटमा सुशील लामाको सट ब्लक भएपछि वीरगन्ज फेरि अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा आशीष लामाको सट पोस्टबाट टाढा रह्यो । जिलेस्पीको क्रस नियन्त्रणमा लिएका उनी पोस्टको दिशामा राख्न असफल भएका हुन् । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रह्यो ।

दोस्रो हाफमा वीरगन्जले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । बुटवलले ५५औँ मिनेटमा अग्रता लिने प्रयास सफल हुन सकेन । बुटवलका आशीष लामाको सट बारमा लागेर फर्कंदा वीरगन्जका गोलकिपर दीपले नियन्त्रणमा लिए । लगत्तै वीरगन्जका सब्सिच्युट खेलाडी सुनील खड्काको सट पनि बारमा लागेर फर्कियो । लगत्तै बुटवलका गोलकिपर मोहमदुले क्लियर गरिदिए ।

लुम्बिनीका कप्तान एरिक विष्टले ७७औँ मिनेटमा गरेको प्रहार पनि गोलकिपर दीपले बचाए । तर, इन्ज्युरी समयमा चन्दन दासको गोलबाट बुटवलले अग्रता लियो । एरिकले पास नियन्त्रणमा लिँदै उनले वीरगन्जका गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गरेका हुन् । योसँगै वीरगन्ज पराजित भयो र प्लेअफमा पुग्ने लक्ष्य अधुरै बन्यो । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro