site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वभर कोभिड–१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि

नयाँ दिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोरोना संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कुल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।”

डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् । करिब ७० लाख कोरोना संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड–१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ संक्रमित अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका डब्ल्यूएचओले जनाएको छ । 

डब्ल्यूएचओले मानिसलाई उपलब्ध सबै उपकरण प्रयोग गरेर संक्रमण र गम्भीर रोगबाट बच्न उपाय अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाकमुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्नेजस्ता विषय समावेश छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro