site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा सडक महोत्सव पुस १२ देखि

काठमाडौं । ‘२५औँ पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले जानकारी गराएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

Dabur Nepal
NIC Asia

महोत्सवमा नेपाली वेशभूषा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडकनाटकलगायत कार्यक्रम र प्रदर्शनी गरिने महोत्सव संयोजक विश्वराज पौडेलले बताए ।

महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro