site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनको कतिपय बाध्यताले सोचेजस्तो काम गर्न सकिएन : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार असफल नबनेको भन्दै गठबन्धनको सीमा र परिस्थितिका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जति हुनुपर्ने काम नभएका होलान् तर गठबन्धनमा भएकाले सोचेजस्तो काम हुन सकेको छैन । तर सामाजिक न्याय, सुशासन र विकासका क्षेत्रमा काम भएका छन् ।”

Dabur Nepal
NIC Asia

प्रचण्डले मिडियाले पूरै विषय नबुझी लेखिदिएर कतिपय भ्रम सिर्जना भएको दाबी गरे ।

सामाजिक न्याय, मिटरब्याजपीडितका मुद्दा सम्बोधन गर्ने, नागरिकता समस्याको समाधान तथा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा ऐतिहासिक काम भएको बताए ।

भने, “अन्तर्राष्ट्रिय  सम्बन्ध विस्तारमा पनि सरकार सफल भएको छ ।” आफूले सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको भन्दै अब नयाँ ढंगले अघि बढ्ने सुनाए । ‘अब टार्गेट दिइन्छ । त्योअनुसार भएन भने सोच्नुपर्छ,’ उनले भने ।

एनसेल प्रकरणमा पर्याप्त तथ्य तथ्यांकसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको भन्दै विधि, विधान र कानुनभन्दामाथि कसैलाई पनि नदिइने र नहुने बताए । यसबारे धेरै भ्रम सिर्जना गर्ने षड्यन्त्र गरिए त्यो असफल हुने बताए । नेकपा माओवादीको नाम यथावत् भन्दा पनि अब समाजवादी केन्द्र हुन सक्ने सुनाए । संविधानले पनि समाजवाद भनेकोले समाजवादको भाव आउने उनको भनाइ थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro