site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुशासनले व्यवस्थामाथि प्रहार भयो, सुशासन नै यसको उपचार हो : महामन्त्री थापा
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्थामाथि प्रहार हुनुमा कुशासन प्रमुख कारण भएको बताएका छन् ।

बुधबार जनकपुरमा पार्टीको प्रथम मधेस प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार सुशासन दिनबाट चुकेको उल्लेख गरे । त्यसैको परिणामले जनतामा निराशा छाएको भन्दै उनले सुशासन दिनुको विकल्प नभएको बताए ।

Dabur Nepal
NIC Asia

महामन्त्री थापाले जनता कुशासनले रिसाउँदा स्वार्थ समूहले त्यसको भारी वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थालाई बोकाउने काम भएको उल्लेख गरे । साथै उनले सुशासन कायम गरे व्यवस्थामाथथि कुनै प्रश्न नउठ्ने जिकिर अघि सारे ।

“जनता कुशासनका कारण रिसाएका छन् । तर, त्यसको भारी व्यवस्थालाई बोकाउन खोजिएको छ,” महामन्त्री थापाले भने, “यसको उपचार एउटै छ त्यो हो सुशासन । सुशासन भए व्यवस्था आफैँ जोगिन्छ ।”

फरक प्रंगमा महामन्त्री थापाले मधेस प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परिहेको बताए । उनले मधेसबाटै वैदेशिक रोजगारमा जाने धेरै भएपनि किन गरिबी नघटेको भन्दै प्रश्न गरे । उनले कांग्रेसको प्रदेश अधिवेशन यो विषय समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu