site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटनमन्त्रीको अभिव्यक्तिले तातियो समाजिक सञ्जाल, अधिकांशको माग राजीनामा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समाजिक सञ्जालमा 'भाइरल' भएका छन् । क्रिस्चियन धर्मावलम्बीको कार्यक्रममा गएर दिएको अभिव्यक्तिका कारण उनी आलोचित बनेका छन् ।

उनका विरुद्धमा राजनीतिक दलका नेतादेखि समान्य नागरिकसम्मले आलोचना मात्र गरेका छैनन्, राजीनामासमेत मागिरहेका छन् ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले 'अति सर्वत्र बर्जित' हुने भन्दै मन्त्री किरातीको अभिव्यक्ति पनि 'अतिवादमा आधारित' भएकाले उनको राजीनमा मागेका छन् । 

“संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीजीको भनाइ खेदजनक छ । यसले नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सद्भावमाथि गहिरो चोट पुर्‍याउँछ,” घिमिरेले लेखेका छन्, “हामी नेपाली आ–आफ्नो धर्मप्रति आस्था र अन्य धर्मप्रति सदैव सम्मान भाव राख्छौँ । अति सर्वत्र वर्जयेत ! मन्त्रीजीले तुरुन्त राजीनामा दिनु उत्तम बाटो !”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किरातीको राजीनामा मागेका छन् । उनले 'साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति मन्त्री पदमा कसरी रहन मिल्छ' भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

“संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,” लामिछानेले लेखेका छन्, “यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।”

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले 'क्रिस्चियन धर्म नमान्नेलाई जेल हाल्ने' भनेको भन्दै 'कत्रो जेल बनाउलान्' भनेर व्यङ्ग्य गरेका छन् । उनले त्यति भनेर 'माओवादी पार्टी नै कसैको सेवा गर्ने मिसनरी' भएको आरोप समेत लगाएका छन् ।

“संस्कृतिमन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदि) करीब ९८% रहेछ,” बास्कोटाले भनेका छन्, “माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो तर, संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।”

लेखक तथा पत्रकार जुगल भुर्तेलले त मन्त्री किरातीले क्रिस्चियनलाई धेरै खुसी पार्न खोज्दा उनीहरूलाई नै धरापमा धकेलिदिएको टिप्पणी गरेका छन् ।

“क्रिस्चियनहरूलाई धेर खुसी पार्ने हुँदा मन्त्री किरातीले तिनको धर्मलाई धरापमा पार्दिएजस्तो छ,” भुर्तेलले लेखेका छन्, “उनको उत्ताउलो भाषणमा जोड जोडले जोसिलो ताली बजाउने क्रिस्चियनहरूले बुझे कि बुझेनन् होला ?”

पूर्वसचिव तथा कुटनीतिज्ञ मधुरमण आचार्यले धेरै अग्रगामी हुन खोज्दा मान्छे बिग्रिने टिप्पणी गरेका छन् ।

“धेरै ‘अग्रगामी’ भएपछि पनि मानिस बिग्रने रहेछ ! ठिकै होलान् जस्तो लाग्ने एक मन्त्रीको भाषणको भिडियो हेरेपछि,” आचार्यले लेखेका छन् ।

विमल पोखरेल नाममका ट्विटर प्रयोगकर्ताले पर्यटनमन्त्रीलाई तत्काल बर्खास्त नगरे यी अभिव्यक्तिको संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नै ठहर्ने बताएका छन् । 

“यदि पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गरिँदैन भने कुरा प्रस्ट छ– देशका ९८ प्रतिशत जनता देशद्रोही हुन् भनेर मन्त्री सुदन किराती बोलेका होइनन्, प्रधानमन्त्री पुष्पकमल दाहाल बोलेका हुन् । देशमा फासीवादी शासनको अभ्यास भइरहेको छ,” पोखरेलले लेखेका छन् । 

अर्का ट्विटर प्रयोगकर्ता एम पौडेलले मन्त्री किरातीलाई किरात धर्म र पहिचान विरोधी भएको आरोप लगाएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द मिश्रले 'भित्र गुदी नहुने, तर चर्का भाषण गर्ने देशका लागि घातक हुने' भन्दै आफूले विगतमा उठाउँदै आएका मुद्दा पुन दोहोर्‍याएर सात बुँदा सार्वजनिक गरको छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro