site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाफा बुक गर्न थाले लगानीकर्ता, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सेयर बजार लगातार उकालो लगेपछि लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेका छन् । आज कारोबारीहरू आफ्नो नाफा बुक गर्नतर्फ लाग्दा बजार घटेको छ । साताको अन्तिम कारोबार दिन आज बजार ३२.७७ अंक घटेर बन्द भएको छ ।

बजार घटे पनि २,१०० विन्दुको टेको लागेको छ । आज कारोबार रकम भने घटेको छ । बुधबार सात अर्बको सेयर कारोबार भएकोमा आज ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त र छिमेक हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने अन्य समूहको परिसूचक घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro