site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीको 'रूपान्तरण अभियान' विगतभन्दा प्रभावकारी भएको माओवादीको निष्कर्ष
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)ले पुस १६ गते पालिकास्तरमा बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गर्ने भएको छ । 

बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ गते अभियान समापन गर्ने निर्णय गरेको हो । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अभियानले जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“अभियान जारी छ । यसले नेता, कार्यकर्ता जनतासँग जोड्नका लागि राम्रो भूमिका खेलेको निष्कर्ष निकालिएको छ,” उनले भने ।

अभियानले पार्टी संगठन  जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ । विगतका तुलनामा अभियान प्रभावकारी भएको निष्कर्ष निकालिएको सापकोटाले बताए । 

Global Ime bank

“वडामा तीव्ररूपमा कमिटीहरू बन्दै छन् । विगतको अभियान भन्दा प्रभावकारी भएको निष्कर्ष छ,” उनले भने, “१६ गते पालिकास्तरमा बृहत् जनपरिचानलन सहित समापन गर्ने निर्णय भएको छ ।”

माओवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार भदौ १६ गतेबाट तीनमहिने विशेष रूपान्तरण अभियान सुरु गरेको थियो । अभियान प्रभाकारी भएको र समय थपका लागि माग भएको भन्दै एक महिना थप भएको थियो । थपिएको समय पुस १६ मा सकिने छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय