site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको प्रश्न– साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति पदमा कसरी बस्न मिल्छ ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति पदीय गरिमाविपरीतको र खेदजनक भएको उनले उल्लेख गरेका छन् ।

“संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै  खेदजनक  छ,” सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, “यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro