site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएल अक्सन : यी हुन् बिक्री भएका ३० विदेशी खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि मंगलबार अक्सन सम्पन्न भयो । आईपीएलको इतिहासमै पहिलो पटक प्रतियोगिताको अक्सन विदेशी भूमि अर्थात् युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको हो ।

अक्सनका लागि आईपीएलको नियामक निकायले कुल ३३३ खेलाडीको नाम सर्टलिस्ट गरेको थियो । जसमा २१४ भारतीय र ११९ जना विदेशी खेलाडी थिए ।

Argakhachi Cement Island Ad

सर्टलिस्ट भएका खेलाडीमध्ये ७७ जना खेलाडीको स्लट खाली थियो । तर, मंगलबारको अक्सनबाट ७२ खेलाडीमात्र बिक्री भए । आईपीएलका १० टिमले ७२ खेलाडीका लागि कुल दुई अर्ब ३० करोड ४५ लाख भारतीय रुपैयाँ खर्च गरे ।

अक्सनबाट आठ टिमले प्रतियोगिताका लागि २५ खेलाडीको कोटा पूरा गरे । तर, कोलकाता र राजस्थानले भने क्रमशः २३ र २२ खेलाडीमात्र अनुबन्ध गरे । यसपटक अक्सनबाट चेन्नाईले ६, दिल्लीले नौ, गुजरातले आठ, कोलकाताले १०, लखनउले ६, मुम्बईले आठ, राजस्थानले पाँच, बेंगलोरले ६ र हैदराबादले ६ खेलाडी खरिद गरे ।

यूएईमा सम्पन्न अक्सनमा पहिलो बोली रोभम्यान पावेलमा लागेको थियो । आईपीएल अक्सनको सर्टलिस्टमा रहेका ११९ विदेशी खेलाडीमध्ये ३० जना बिक्री भएका थिए ।

यी हुन् आईपीएलमा बिक्री भएका विदेशी खेलाडी 

१. रोवमन पावेल (वेस्टइन्डिज)– ७.४० करोड भारु, राजस्थान रोयल्स
२. ह्यारी ब्रुक (इंग्ल्यान्ड)– चार करोड भारु, दिल्ली क्यापिटल्स
३. ट्राभिस हेड (अस्ट्रेलिया)– ६.८० करोड भारु, सनराइजर्स हैदराबाद
४. वनिंदु हसरंगा (श्रीलंका)– १.५० करोड भारु, सनराइजर्स हैदराबाद
५. रचिन रविन्द्र (न्युजिल्यान्ड)– १.८० करोड भारु, चेन्नाई सुपर किंग्स
६. अज्मतुल्लाह ओमरजाई (अफगानिस्तान)–५० लाख भारु, गुजरात टाइटन्स
७. प्याट कुमिन्स (अस्ट्रेलिया)– २०.५० करोड भारु, सनराइजर्स हैदराबाद
८. गेराल्ड कोएट्जी (दक्षिण अफ्रिका)– पाँच करोड भारु, मुम्बई इन्डियन्स
९. डार्यल मिचेल (न्युजिल्यान्ड)– १४ करोड भारु, चेन्नाई सुपर किंग्स
१०. क्रिस वोक्स (इंग्ल्यान्ड)– ४.२० करोड भारु, पञ्जाव किंग्स
११. ट्रिस्टन स्टब्स (दक्षिण अफ्रिका)– ५० लाख भारु, दिल्ली क्यापिटल्स
१२. अल्जारी जोसेफ (वेस्ट इन्डिज)– ११.५० करोड भारु, रोयल च्यालेन्जर्स बेंगलोर
१३. मिचेल स्टार्क (अस्ट्रेलिया)– २४.७५ करोड भारु, कोलकाता नाइट राइडर्स 
१४. दिलशान मदुशंका (श्रीलंका)– ४.६० करोड भारु, मुम्बई इन्डियन्स
१५. टम कोहलर क्याडमोर (इंग्ल्यान्ड)– ४० लाख भारु, राजस्थान रोयल्स
१६. शेरफन रदरफोर्ड (वेस्टइन्डिज)– १.५ करोड भारु, कोलकाता नाइट राइडर्स
१७. एस्टन टर्नर (अस्ट्रेलिया)– एक करोड भारु, लखनउ सुपर जायन्ट्स
१८. टम करन (इंग्ल्यान्ड)– १.५ करोड भारु, रोयल च्यालेन्जर्स बेंगलोर
१९. डेविड विली (इंग्ल्यान्ड)– २ करोड भारु, लखनउ सुपर जायन्ट्स 
२०. स्पेन्सर जोनसन (अस्ट्रेलिया)– १० करोड भारु, गुजरात टाइटन्स
२१. मुस्तफिजुर रहमान (बंगलादेश)– दुई करोड भारु, चेन्नाई सुपर किंग्स
२२. जोय रिचर्डसन (अस्ट्रेलिया)– पाँच करोड भारु, दिल्ली क्यापिटल्स
२३. नुवान तुषारा (श्रीलंका)– ४.८ करोड भारु, मुम्बई इन्डियन्स
२४. रिले रोउसो (दक्षिण अफ्रिका)– आठ करोड भारु, पञ्जाव किंग्स
२५. लकी फग्र्युसन (न्युजिल्यान्ड)– दुई करोड भारु, रोयल च्यालेन्जर्स बेंगलोर
२६. मुजिब उर रहमान (अफगानिस्तान)– दुई करोड भारु, कोलकाता नाइट राइडर्स
२७. मोहम्मद नाबी (अफगानिस्तान)– १.५ करोड भारु, मुम्बई इन्डियन्स
२८. साई होप (वेस्ट इन्डिज)– ७५ लाख भारु, दिल्ली क्यापिटल्स
२९. गस एट्किन्सन (इंग्ल्यान्ड)– एक करोड भारु, कोलकाता नाइट राइडर्स
३०. नान्द्रे बर्गर (दक्षिण अफ्रिका) ५० लाख भारु, राजस्थान रोयल्स

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्