site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा १४३ सांसद निलम्बनमा

काठमाडौं । भारतको लोकसभामा दुर्व्यवहार गरेको आरोपमा बुधबार थप दुई सांसद निलम्बनमा परेका छन् ।

यससँगै गत हप्ता भारतको संसद् भवनमा भएको सुरक्षा उल्लंघनपछि निलम्बनमा पर्ने सांसदको संख्या १४३ पुगेको छ । गृहमन्त्री अमित शाहसँग बयान मागेपछि निलम्बनमा परेका हुन् ।

लोकसभाबाट मात्रै कम्तीमा ९७ जना सांसद निलम्बित भएका छन् ।

संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले पेस गरेको प्रस्ताव सदनले पारित गरेपछि लोकसभा अध्यक्ष ओम बिरलाले केरला कांग्रेस (मणि)का सांसद थोमस चाजिकदान र सीपीआई (एम)का सांसद एएम आरिफलाई निलम्बन गरेका हुन् ।

यी दुवै सांसदलाई संसद् अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरिएको बताइएको छ ।

विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा ‘विपक्षी मुक्त’ संसद् !

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro